Logo

बाबुराम भट्टराईमाथि गुण्डा लगाएर आक्रमण गराएको सरिता गिरीको आरोप



काठमाडौं, २६ पौष । पूर्व सांसद सरिता गिरीले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको आरोप लगाएकी छिन् । उनले घरमा छोरी मात्र भएको अवस्थामा आक्रमण भएको बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा गिरीले भट्टराईबारे गम्भीर टिप्पणी गरेकी छिन् । उनले लेखेकी छिन्ः तपाईं क्रुर अपराधी हुनुहुन्छ डा. भट्टराई । बाबुरामले गरेका विकासका कुरा नक्कली भएको टिप्पणी गरेकी छिन् । बाबुरामका कारण जनतालाई करको भार परेको बताएकी छिन् ।

गिरीले आफ्नी छोरीले बयान समेत दिएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्,‘मेरी छोरीले तपाईंका गुण्डाहरुको विरुद्धमा बयान दिएकी छिन् ।’-File Photo



प्रतिक्रिया दिनुहोस्