Logo

टेनिस खेलाडी जोकोविचको पक्षमा अदालतको फैसला



एजेन्सी, २६ पुस। टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध दायर गरेको मुद्धा जितेको सीएनएनले लेखेको छ। आज (सोमबार) अस्ट्रेलियाको अदालतमा भएको बहसमा जोकोविचका वकिलले सरकारले गरेको कारवाही आधारहीन रहेको जिकिर गरेको सीएनएनमा खबर छ ।

न्यायाधीश एन्थोनी केल्लीले बहस सुनेपछि सरकारलाई भिसा रद्द नगर्न र जोकोविचलाई परेको आर्थिक भारको क्षतिपूर्ति दिन निर्देशनसमेत दिएको सीएनएनले जनाएको छ। अस्ट्रेलियन ओपन टेनिस खेल्नका लागि पुगेका ३४ वर्षीय जोकोविचको भिसा अस्ट्रेलिया सरकारले कोरोनाविरुद्धको खोपलाई लिएर रद्द गरेको थियो। भिसा रद्द गर्ने निर्णयविरुद्ध जोकोविचले मुद्दा दायर गरेका थिए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्