Logo

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण



काठमाडौं, पुस २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

यसैगरी संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, राष्ट्रिय प्रजातन्त्रका नेता कमल थापालेपनि शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

सो अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरेको छ ।



प्रतिक्रिया दिनुहोस्