Logo

नेपाल एकिकरणमा राज ज्योतिष कुलानन्द ढकालको योगदान



प्रदीप ढकाल । आज ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो । मंगलबार पुर्वराजा ज्ञानेन्द्र शाहले  राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सिंहदरबारको मूल गेटअगाडि रहेको सालिकमा साढे १२ बजे माल्यार्पण गरेका छन् ।

नेपाल एकिकरण हुनुमा ढकाल कुलबन्धुहरुको पनि योगदान रहेको विभिन्न पुस्तकमा उल्लेख गरिएको छ । नेपालको एकिकरणको संन्दर्भमा ढकालहरु २२ र २४ राज्य हुदा राजगुरु, राजसल्लाहकार र राजज्योतिष भएको प्रमाण पुस्तकहरुबाट पुष्टि गर्न सकिन्छ ।

अछामबाट स्याङ्जातर्फ बसोबास गर्न हिडेका ढकालहरु स्याङ्जाको सतौ राज्यको (राजगुरु हिरामणि ढकाल) भए । हिरामणि (बिक्रम सम्बत १६१५) एक ज्योतिषविद् थिए । उनका तिन जना छोरा थिए । तिनै जना छोराहरुमा पनि बुवाको जस्तै क्षमता, योग्यता, विद्या र पराक्रम थियो। पहिलो सन्तान हेमन्त ढकाल, महिला छोरा बसन्त ढकाल (सेन वंसज पाल्पाली) राजाका राजगुरु थिए । र कान्छा छोरा सामन्त ढकाल (बाग्लुङ गल्कोट) राजाका राजगुरु थिए ।

हिरामणि ढकाल कै वंसज कुलानन्द ढकाल श्री ५ बडा महाराजधिरज पृथ्वी नारायण शाहका राजगुरु, राजसल्लाहकार, ज्योतिषविद थिए । कुलानन्द ढकालले साइत् हेरी पश्चिम तपÞर्m लडाई गर्न जादा सर्बत बिजय गरिएको कुरा छ । कास्कीका राजा कुलामन्डन शाहको वंसज प्रताप शाहको छोरीको बिबाह ढकालसंग भएको पुस्तकमा लेखिएको छ । (ढकाल थर वालाहरु खत्री, छेत्री हुनुमा यो बिबाह गरिएको कुरा।)) ८८(स्रोत: पुराना ढकाल अगराजबाट र कास्कीकोट दरबारका पुजारी) ८८ यसकारण कास्कीका ढकालहरुले लालमोहर गुठि (बिक्रम सम्बतः १८६८)पाएको सम्भावना छायो राष्ट्र अनी समाजलाई परिष्कृत बनाउन सदैब हाम्रा पुर्खले दिएको योगदान इतिहासमा कहिल्यै नमेटिने गरी रहिरहनेछ ।

कुलाननादको योगदान राष्ट्रीय एकीकरणको सन्दर्भमा के थियो ? वडामहाराज पृथ्वीनारायण शाहलाई नुवाकोट विजय गर्ने उत्तम साईतको एउटा प्रसङ्ग निकै रोचक छ । यसले उहाँँमा भएको ज्योतिषीय ज्ञानको भण्डारको आँकलन गर्न सकिन्छ। ‘नुवाकोट हान्ने साइतको समय लेखिएको कागÞजÞ राजाको हातमा दिदै कुलानन्दले भने मैले निकालेको साइतमा प्रस्थान गर्नु पर्छ । नदी तर्दा जलकपुर माछा उफ्रिएर तपाईको डुङ्गामा पर्न आउने छ । ढुङ्गामा माछा पर्न आयो भने मानिलिनुस हामीले लड़ाई जित्यौ । नुवाकोट हाम्रो भयों ।’

ज्योतिर्विद कुलानन्द ढकालले तोकेको रातको समयमा जलेवा माँझी आफ्ना भाई छोराहरूलाई लिई त्रिशुली नदीको शुभघाटमा डुङ्गा लगी तैयारीमा रहे । गोरखाली फौजले प्रस्थान गर्ने समय हुन थाले पछि गुरू पुरोहितहरूले दीप कलश र गणेशको विधि पूर्वक पूजा गरे । पुण्य वाचन गर्दै ब्राह्मणहरूले युद्धमा विजयका लागि आशिर्वचन दिदै जय घोष गरे । ब्रामह्णणहरूको जय घोष पछि कुलानन्द ढकालले राजा पृथ्वी नारायण शाहलाई प्रस्थानका लागि निवेदन गरे । उनले भनेकै साइतको समयमा नै पृथ्वीनारायण शाहले डुङ्गामा आफ्नो पाउ राखे । राजा डुङ्गामा बसे पछि जब जलेवा माझीले वहाना चलाई डुङ्गा खियाउन थाल्यो, तब त्रिशुली गंगाको रहबाट जलकपुर माछा उफ्रिएर राजाको अगाडि डुङ्गामा पर्न आयो । कुलानन्द ढकाल त शिद्ध नै रहेछन् भन्दै पृथ्वीनारायण शाहले माछा उफ्रिएर डुङ्गामा परेकोमा हर्ष व्यक्त गरे ।
नेपालीहरुलाई संगठित, एकीकृत नेपाल र एकीकरण गर्नु श्री ५ बडा महाराजधिरज पृथ्वी नारायण शाहको अभियानमा ज्योतिषविद कुलानन्द ढकालबाट धेरै साथ, सहयोग र योगदान रहको छ।



प्रतिक्रिया दिनुहोस्