Logo

बतासलाई ऋषि धमलाको प्रश्नः तपाईं व्यापारी, विचौलिया, माफिया वा डन के हो ? (भिडियोसहित)



काठमाडौं, २७ पुस । बतास समूहका अध्यक्ष आनन्दराज बतासले आफुलाई सञ्चारमाध्यमले कुदृष्टिले हेरेको गुनासो पोखेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले आफुजस्तो सामान्य व्यापारीलाई मिडियाहरुले माफीया, डन, भनेर उपनाम दिएका दिएको भन्दै गुनासो गरेका थिए ।

तपाईंलाई के भनेर सम्बोधन गर्ने व्यापारि, उद्योगपति, अपराधि, विचौलिया, माफिया दादागिरि वा डन ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘यो तपाईंहरु जस्तो मिडियाले दिएको उपनाम हो । म एउटा सामान्य इन्टरपेनर हो ।’

यस्तै, उनले सरकारले बनाएको छानबिन समितिले आफुहरुलाई नसोधेर एकतर्फीरुपमा प्रतिवेदन तयार पारेको भन्दै आफुहरु त्यसको विरुद्धमा अदालत जाने बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot