Logo

सुत्केरीको मृत्यु भएपछि त्रिशुली अस्पतालमा तोडफोड



काठमाडौं, २७ पुुस । अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोटको त्रिशुली अस्पतालमा आफन्तले तोडफोड गरेका छन् । अस्पताल तोडफोड गरेपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

स्वास्थ्यकर्मीमाथि मृतकका आफन्तले आक्रमण गर्न खोजेपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी नगरेसम्म सम्पुर्ण सेवा संचालन गर्न नसक्ने अस्पतालले जनाएको छ ।

विदुर नगरपालिका–७ की २७ वर्षीया एक महिलाको सोमबार राति नर्मल डेलिभरी भएको थियो । सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएको कारण बिरामीको मृत्यु भएको अस्पतालले दाबी गर्दै आएको छ । तर आफन्तले भने अस्पतालको लापरवाहीको कराण बिरामीको मृत्यु भएको आरोप लगाएर तोडफोडमा उत्रिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्