Logo

निकारागुवाका राष्ट्रपतिद्धारा अर्को कार्यकालका लागि सपथग्रहण



२७ पुस : निकारागुवाका राष्ट्रपति डानिल ओर्टेगाले थप अर्को कार्यकालका लागि सपथग्रहण गरेका छन् । उनीसँगै उपराष्ट्रपति रोसारियो मुरिल्लोले पनि सपथग्रहण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरु गत नोभेम्बरमा भएको निर्वाचनबाट निकारागुवाको राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचित भएका हुन् ।

उनीहरुको कार्यकाल आगामी पाँच वर्षको हुने निकारागुवाको संवैधानिक व्यवस्था रहेको छ । सथपग्रहण सकिएपछि सम्बोधन गर्दै राष्ट्रपति ओर्टेगाले आफूलाई सहयोग गर्ने सवैप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न ठूलो सहयोग गरेको भन्दै चीनलाई पनि धन्यपाद दिएका छन् । आफ्नो आगामी कार्यकालमा देशको गरिबी र भोकमरी न्युनिकरण गर्ने प्रतिवद्धता पूरा गर्ने अठोट पनि उनले व्यक्त गरेका छन् ।

त्यसैगरी निकारागुवाका जनताको जीवनस्तर बृद्धि गर्ने अठोट पनि उनले सपथग्रहण समारोहमा गरेको जनाइएको छ । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित दुवै जनाले गत नोभेम्बर ७ मा भएको निर्वाचनमा सान्डीनीस्ता नेसनल लिवरेसन फ्रान्ट (एफएसएलएन) को तर्फबाट उम्मेदवारी दिएका थिए ।

निकारागुवामा निकै लोकप्रिय रहेको सो पार्टी र उनीहरुले ७५ प्रतिशत मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले घोषणा गरेको थियो ।राष्ट्रपति ओर्टेगाले अहिले पाँचौँ पटक राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेका हुन् । उनी पहिलो पटक १९८५ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्