![](https://reportersnepal.com/wp-content/uploads/2021/07/share_bazar-768x396-1.jpg)
काठमाडौं, २७ पुस । शेयर बजारमा आज अपि पावर कम्पनीको शेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज १६ करोड ८३ लाख रुपैयाँको शयर कारोबार भएको हो । कम्पनीको शेयर मुल्य मंगलबार ५ सय १० रुपैयाँ कायम भएको छ ।
नेप्सेको अनुसार आज शेयर मुल्य ८९४ रुपैयाँ कायम भई गोर्खाज फाइनान्स कम्पनीको १६ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, नेपाल लाइफको १५ करोड ६४ लाख, नेपाल टेलिकमको १३ करोड ८२ लाख र नेपाल पुनर्बीमाको ११ करोडमाथिको शेयर कारोबार भएको छ ।