Logo

काठमाडौं उपत्यकाका सार्वजनिक सवारीमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने



काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने भएको छ । बढ्रदै गइरहेको कोरोना भाइरस संक्रमणदर नियन्त्रण तथा रोकथामको लागि उपत्यकाका तीन जिल्लाका सिडियोहरुको बैठकले यस्तो निर्णय गरेको हो । यो नियम आज राति १२ बजेदखि लागु हुनेछ ।

प्रशासनले जारी गरेको निर्देशन अनुसार स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुलाई अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने छ ।

 



प्रतिक्रिया दिनुहोस्