Logo

चाँदीका गहना सहित खाती पक्राउ



धनुषा, २८ पुस । अवैध चाँदीका गहना सहित एकजना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका–५ बाट करिब ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ बराबरको ९ किलो ७ सय ६७ ग्राम अवैध चाँदीका गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका–५ शिवालय टोल बस्ने ३० वर्षीय कुमार खातीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नम्बर १–०२–०४५ प ८२७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खातीको पिठयूमा बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त गहना सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको जनाएको छ ।

खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुर पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्