Logo

बोलिभियाका उपराष्ट्रपति र छ मन्त्रीलाई कोरोना सङ्क्रमित



एजेन्सी, २८ पुस । बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सङ्क्रमित सवैको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको उल्लेख गरिएको छ ।

उनीहरु मध्ये मन्त्रीहरु सवैले कोरोनाभाइरसविरुद्धको दोस्रो मात्रा खोप समेत लगाइसक्नु भएको थियो भने उपराष्ट्रपति डेभिडले पहिलो खोप मात्रै लगायका थिए । “उहाँहरु सवैको अवस्था स्थिर र सामान्य नै रहेको छ र सवै जना आइसोलेसनमा बस्नु भएको छ,” वक्तव्यमा लेखिएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बोलिभियामा अहिलेसम्म छ लाख ८६ हजार २३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाका कारण १९ हजार ९९९ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्