Logo

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी



काठमाडौं, २८ पुस । नेप्सेमा आज उच्च अंकको गिरावट आएपनि ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ। बुधबार सबैभन्दा धेरै नेपाल बङलादेश बैंकको शेयर कारोबार भएको हो । बैंकको आज शेयर मुल्य ४ सय रुपैयाँ कायम २८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार आज हाइड्रोइलेक्ट्रिसिटीको २७ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको २४ करोड ७० लाख, अपर तामाकोशीको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७०० कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्