Logo

पार्टी सदस्य मनोनयनमा पक्षपात नगरेको अध्यक्ष लिङ्देनको स्पष्टोक्ती



काठमाडौं, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्यहरु मनोनयनको क्रममा कसैलाई पनि पक्षपात नगरेको बताएका छन् । बुधबार नवनिर्वाचित मनोनित पार्टी सदस्यहरुलाई पार्टी कार्यालयमा शपथ खुवाउँदै लिङ्देनले आफुलाई लागेको पक्षपातको आरोप झुट भएको भन्दै निष्पक्ष ढंगले पार्टी सदस्यहरु मनोनित गरेको स्पष्ट पारेका हुन् ।

उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त रुपले अगाडी बढाउने बताए । अध्यक्ष लिङ्देनले राजसंस्था, हिन्दुराज्य पुनःस्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित लगायतका मुद्दाहरुलाई लिएर अगाडी बढ्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्