Logo

१६ महिने बालकको चक्कु प्रहारबाट हत्या



काठमाडौं, २८ पौष । स्याङ्जामा चक्कु प्रहारबाट १६ महिने बालकको हत्या भएको छ । घटनामा संलग्न भएको अभियोगमा एकजना पक्राउ परेका छन् ।

वालिङ नगरपालिकाको भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा साइमन गुरुङको हत्या भएको हो । हत्याको अभियोगमा पक्राउ परेका जितेन्द्र गुरुङ पनि एउटै घरमा डेरा गरी बस्छन् ।

घटनामा साइमनकी दिदी ५ वर्षीया साइना गुरुङ घाइते भएकी छिन् । घाँटीमा चक्कु प्रहारपछि साइमनलाई उपचारका लागि लगिएको थियो । तर, उनी मृत घोषित गरिएका थिए ।

घटना किन भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्