Logo

केएमसीका विद्यार्थीको आन्दोलनप्रति नेविसंघ लगाएत ७ विद्यार्थी संगठनको ऐक्यबद्धता



काठमाडौं, २९ पुस । चिकित्सा शिक्षा आयोगले तोेकेको भन्दा बढी शुल्क माग्ने काठमाडौं मेडिकल कलेज (केएमसी)को विरुद्ध विद्यार्थी अहिले आन्दोलनरत छन् । केएमसीमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा काठमाडौ मेडिकल कलेज सिनामंगलमा जारी रिले अनसनमा संयुक्त विद्यार्थी संगठनले आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले मेडिकल कलेजमा विद्यार्थी माथी भएको दमन, ठगी र ज्यादती विरुद्ध विद्यार्थीहरुको जारी रिले अनशन र आन्दोलन प्रती ७ विद्यार्थी संगठनले ऐक्यबद्धता प्रकट गरेको जानकारी दिए ।

नेविसंघ लगाएत ७ विद्यार्थी संगठनले आज सिनामंगलस्थित केएमसी पुगेर विद्यार्थी संगठनहरू ऐक्यबद्धतासँगै प्रदर्शनसमेत गरेका छन् ।
प्रदर्शनमा नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनालगायत नेता थिए । तिमल्सिनाले कलेजले विद्यार्थीले जायज मागलाई तत्काल पूरा गर्नुपर्ने बताए ।

यसअघि पनि विभिन्न सात विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति समर्थन गर्दै माग पूरा गर्न दबाब दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्