Logo

सिन्धु विकास बैंकको सिईओमा गिरी



काठमाडौं, २९ पुस । सिन्धु विकास बैंकको सञ्चालक समितिको नायव प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रामकुमार गिरी नियुक्त भएका छन् । गिरीसँग नेपाल बंगलादेश बैंक, सन्राइन बैंकलगायत कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारीअधिकृत तथा एक्सल डेभलपमेण्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी २२ वर्ष भन्दा बढी कार्य अनुभव रहेको छ । गिरी विगत १ वर्षदेखि सिन्धु विकास बैंकमा नायब प्रमुख कार्यकारीअधिकृत पदमा कार्यरत थिए ।

बैंकले हाल प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालयसहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिंगटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा, ठोकर्पा र लामोसाँघु गरी कुल २४ शाखा तथा सुकेटे र सिलढुंगामा सीमित बैंकिङ इकाई कार्यालयसहित २६ स्थानबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्