Logo

ट्याटु खोपाउन पालो कुरेका युवकको मृत्यु



भक्तपुर, २९ पुस । भक्तपुरमा ट्याटु खोपाउन आएका एक युवकको पालो कुर्ने क्रममा मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ लोकन्थलीमा ट्याटु खोप्न पालो कुरेर बसेका युवक विराज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको मृत्यु आरुष मल्लले संचालन गर्दै आएको आइएनके ट्याटु सेन्टरमा भएको हो ।

लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका खड्का ट्याटु खोपाउन बुधबार राति ९ः३० बजेसम्म पालो कुरेर बसेका थिए । पालो कुर्ने क्रममा बेहोस भएपछि उनलाई उपचारको लागि केएमसी अस्पताल लगिएको थियो ।

उपचारको क्रममा ३३ वर्षीय खड्काको १२ बजेर १५ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot