Logo

दराज नेपालको प्रबन्ध निर्देशक बनिन् आँचल कुँवर, औपचारिक घोषणा हुन बाँकी



काठमाडौं, २९ पुस । नेपालको सबैभन्दा ठुलो इ–कमर्स कम्पनी दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छिन् । अमेजनकी पूर्व कर्मचारी समेत रहेकी कुँवरले दराज नेपालको प्रमुख कार्यकारी पद सम्हालेकी हुन् । यससँगै उनी दराजको व्यवस्थापन तहमा रहने पहिलो नेपाली महिलासमेत भएकी छिन् ।

सेन्ट जेभियर्स माइतीघरबाट आइएससी पूरा गरेकी कुँवरले सेन्ट क्लाउड स्टेट विश्वविद्यालयबाट स्नातक तह र मिनेशोटा विश्वविद्यालयको कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीएको अध्ययन पूरा गरकी हुन् । कुँवरले युनिभर्सिटी अफ मिनेसोटाको कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट कुँवरले एमबीए स्टाटेजी विषयमा स्नातकोत्तर पूरा गरेकी छिन् ।

त्यस्तै, कुँवरसँग विदेशमा विगत १५ वर्षदेखि शीर्ष स्थानहरुमा काम गरेको अनुभव रहेको छ । कम्पनीले यही जनवरी १७ मा आफ्नो रिब्रान्डिङ सँगै नयाँ प्रबन्ध निर्देशक नियुक्तिको विषयमा औपचारिक घोषणा गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्