Logo

कोरानाको कारण जनमोर्चाको प्रदेश सम्मेलन सर्यो



काठमाडौं, २९ पुस । राष्ट्रिय जनमोर्चाले १५–१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित् गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनको मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ ।

‘कोरोना महामारी बढेपछि १५–१६ माघमा सात वटै प्रदेशमा हुने भनिएको सम्मेलन रोक्न बाध्य भएका छौं,’ अध्यक्ष चित्रबहादुर केसीले भने, ‘अब त्यो फेरबदल गरेर ६ र ७ फागुनमा सम्मेलन गर्नेछौं ।’ संघीयताविरोधी एक मात्र दल जनमोर्चाले प्रदेशस्तरमा सम्मेलन गर्न लागेको यो पहिलो पटक हो ।



प्रतिक्रिया दिनुहोस्