Logo

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलनको मिति सर्यो, अब फागुन ६ र ७ हुने



काठमाडौं, २९ पुस । राष्ट्रिय जनमोर्चाको आगामी माघ १५ र १६ गतेलाई तय गरिएको सातै प्रदेशको प्रदेश सम्मेलन सारिएको छ । जनमोर्चाले सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन पछि सारेर फागुन ६ र ७ गते गर्ने भएको हो ।

जनमोर्चाले कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक तयारी अभावमा सम्मेलन सार्नुपरेको जनाएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दैै कोरोनाको ओमिक्रोन भेरियन्टका साथै तयारीका लागि सम्मेलन सारिएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot