Logo

मन्त्रीहरुलाई कोरोना संक्रमण देखिएपछि मन्त्रिपरिषदको बैठक अनिश्चित



काठमाडौं, २९ पुस । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर निकै बढ्दै गइरहेको छ । केही मन्त्रीहरू कोरोना संक्रमित भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ ।

मन्त्रीहरुलाई कोरोना संक्रमण भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । कोरोनाकै कारण गत सोमबार पनि बैठक बस्न नसकेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायण काजी श्रेष्ठ, सचिवहरुलाई पनि कोरोना संक्रमण भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा र स्वास्थ्य सचिवकोसमेत जिम्वेवारी सम्हालेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलिया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै कार्यरत अर्का सचिव शिशिरकुमार ढुंगाना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका हुन् ।



प्रतिक्रिया दिनुहोस्