Logo

आज संक्रमणबाट थप एक जनाको मृत्यु



काठमाडौँ, २९ पुस। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज नेपालमा कोरोनाका ३ हजार ५ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४१ हजार २ सय ९७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १५ हजार ३ सय ४७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ८१ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्