Logo

कानुन र सहमतिको उल्लघंन गर्ने कलेजहरुको सम्बन्धन खारेज गर्न माग गर्दै शिक्षामन्त्रीलाई ध्यानाकर्षण



काठमाडौं, २९ पुस । नेपाल विद्यार्थी संघ लगायत ७ विद्यार्थी संगठनले मेडिकल कलेजमा विद्यार्थी माथी भएको दमन र ठगी विरुद्ध शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

विद्यार्थीहरुमाथि ज्यादती गर्ने, बढी शुल्क लिने, विश्व विद्यालयको कानुन र सहमतिको उल्लघंन गर्दै माफियागिरी प्रदर्शन गर्ने नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल कलेजको सम्बन्धन खारेज गर्न माग गर्दै मन्त्री पौडेललाई विद्यार्थी संगठनले ध्यानाकर्षणपत्र बुझाएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

विभिन्न कलेजले गैरकानुनी क्रियाकलाप र गतिविधि सञ्चालन गरेर विद्यार्थीहरुमाथि दिँदै आएको धाक धम्की र ठगीका विरुद्ध कडाभन्दा कडा कारवाहीको आवश्यक प्रक्रिया अगाडी बढाउन विद्यार्थी संगठनले माग गरेको छ । यसको साथै संगठनले विद्यार्थीको सुरक्षाको प्रत्याभुति गराउन समेत आग्रह गरेको छ ।

मन्त्री पौडेलले ध्यानाकर्षण पत्र बुझ्दै मन्त्रालयले भोलिसम्ममा आफ्नो धारणा निर्माण गरि सरोकारवाला निकायसँग भोलि नै छलफल गरेर निष्कर्समा पुग्ने बताए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्री कृष्ण गिरिले अनुगमनमा टोलि पठाएको र सो को प्रतिवेदनअनुसार आबश्यक कारबाही गरिने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot