Logo

देउवा सरकार ६ महिनामा कति सफल ? कति असफल ?, यसो भन्छन् मन्त्री उमेश श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, ३० पुष । राज्यमन्त्री उमेश श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै राम्रो काम गरेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री बनेपछि देउवाले जनतालाई खोपको व्यवस्था गर्छु भनेर भनेको पनि उनले स्मरण गराए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनलाई मिलाएर लगेको पनि सुनाए ।

उनले नेपाल चाँडै समृद्ध हुन सक्ने पनि बताए । तर, राजनेताहरुमा देश बनाउने भीजन नभएको उनको गुनासो छ । उनले प्रधानमन्त्रीले विदेश नीति पनि सन्तुलित रुपमा अघि बढाएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot