Logo

पीएम कपः १५९ रनको लक्ष्य पछ्याउँदै सुदुरपश्चिम, दोस्रो खेलमा लुम्बिनी र गण्डकी भिड्ने



काठमाडौं, २ माघ । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज (आइतबार) दुई खेलहरु हुँदैछन् ।

आज हुने दुबै खेल क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुनेछन् ।

पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश १ बीच अहिले प्रतिस्पर्धा भइरहेको छ ।

जारी खेलमा सुदरपश्चिमले प्रदेश १ ले दिएको १५९ रनको लक्ष्य पछ्याइ रहेको छ । यो समाचार तयार पार्दासम्म सुदुरपश्चिमले ६ ओभरको समाप्तिमा विना कुनै नोक्सानि ६१ रन जोडेको छ ।

समूह ‘ए’ अन्तरगत ३ खेलमा २ अंक जोडेको सुदुरपश्चिम तेस्रो स्थानमा रहेको छ ।

प्रदेश १ भने १ अंकका साथ समूहको पुछारमा रहेको छ ।

दोस्रो खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

समूह बी मा रहेको लुम्बिनी २ अंकका साथ चौंथो स्थानमा रहेको छ।

यस्तै, गण्डकी ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्