Logo

हेइटीका राष्ट्रपति मोइसको हत्यामा संलग्न रहेको अभियोगमा पूर्व सिनेटर पक्राउ



एजेन्सी, २ माघ। हेइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँका पुर्व सिनेटर पक्राउ परेका छन् । मोइसको हत्यामा संलग्न रहेको अभियोगमा हेइटीका पुर्व सिनेटर जोन जोएल जोसेफेलाइ जमैकाबाट त्यहाँका प्रहरीले पक्राउ गरिएको हो ।

गत बर्ष जुलाई सातमा हेइटीको राजधानी पोर्ट औ प्रिन्सस्थित आफनै निवासमा राष्ट्रपति मोइसको गोली हानी हत्या गरिएको थियोे । पक्राउ परेका जोसेफकै योजनामा हत्या गरिएको र उनले हतियार समेत उपलब्ध गराएको आशंका गरिएको छ ।

राष्ट्रपतिको हत्या सम्बन्धमा छानबिन गरिरहेको हेइटीको प्रहरीले तयार पारेको १ सय २४ पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा जोसेफले नै राष्ट्रपतिको हत्यामा महत्वपुर्ण भुमिका खेलेको बताईएको छ ।

राष्ट्रपतिको हत्या आरोपमा यसअघि पनि थुप्रै संदिग्धहरु पक्राउ परिसकेका छन् । हत्या अभियोगमै पक्राउ परेका कोलम्बियाका पूर्व प्रहरी अधिकारी मारियो एन्टोनियो पालासियोसलाई अमेरिकामा मुद्दा चलाईएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्