Logo

इन्जिनियर्स एसोसिएशनको माघ ७ गते हुने भनिएको निर्वाचन स्थगित



काठमाडौं, २ माघ । इन्जिनियर्स एसोसिएशनको आगामी माघ ७ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । कोभिड १९ को संक्रमण बढेपछि निर्वाचन कार्यक्रम स्थगित भएको एसोसिएशनले जनाएको छ ।

इन्जिनियर्स एसोसिएशनले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको छ । एशोसिएशनको ३३ औँ कार्यकारिणी समिति, सातै प्रदेशको दोस्रो कार्यकारिणी समितिका लागि माग ७ गते निर्वाचन गर्ने तयारी थियो ।

एशोसिएशनको अध्यक्षका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूह र प्रगतिशील समूह गरि २ प्यानल बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्