Logo

पेस्तोलसहित एक पक्राउ



सिरहा, २ माघ। गोलबजार नगरपालिका-६ डोहटिया टोल बस्ने २७ वर्षीय पंकज कुमार महतोलाई १ थान म्याग्जिन नभएको पेस्तोल सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

महतोले आफ्नै घरमा हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले घरमा लुकाई राखेको उक्त पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot