Logo

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल



काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार भेटवार्ता भएको छ ।

सोमबार बिहान बालुवाटारमा भएको दुई शिर्ष नेताको भेटवार्तामा माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र आउँदो स्थानिय तहको निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ ।

१० दिन अघि कोरोना संक्रमण पुृष्टि भएपछि राजनितिक भेटघाट बन्द गरेका प्रचण्डले रिपोर्ट नेगेटिभ आएसँगै आजबाट भेटघाट सुरु गरेका हुन् । उनी सोमबार बिहानै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । उनीहरुबिच राजनितिक संयन्त्रको बैठक बोलाउने पनि सहमति भएको छ ।

उनीहरुको भेटवार्तापछि स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइने भएको छ।

 



प्रतिक्रिया दिनुहोस्