Logo

स्थानीय चुनावअघि नै कमल थापाले राप्रपा फुटाउने !



काठमाडौं, ३ माघ । राप्रपाको गत मंसिरमा सम्पन्न भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका कमल थापाले पार्टी फुटाउने भएका छन् । यसअघि तीन वटा राप्रपाबीच भएको एकता समारोहमा थापाले पनि श्रीमद्भागवत गीताको पुस्तक छोएर पार्टी नफुटाउने सार्वजनिक घोषणा गरेका थिए ।

तर, पार्टीको आन्तरिक लोकतन्त्रमा चुनावलाई सहजै स्विकार गर्नुपर्नेमा थापाले अध्यक्षमा पराजित भएपछि भने आफ्नो असन्तुष्टि सार्वजनिक रुपमै पोखिरहेका छन् । कतिसम्म भने उनले आफूलाई अध्यक्षमा पराजित गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रिय भूमिका रहेको दाबी गरेका छन् ।

उनले उक्त प्रकरणमा छानबिन गर्नसमेत अध्यक्ष राजेन्द्रसमक्ष माग गरेका थिए । पछिल्लो समय विभिन्न मिडियासँगको अन्वार्तामा पनि थापाले यस्तो आक्रोश पोखिरहेका छन् । यो बीचमा थापाले राप्रपा फुटाउन लागेका समाचार पनि बाहिरिएका छन् । तर, थापाले स्वयमले भने आफूले कुनैपनि हालतमा पार्टी नफुटाउने दाबी गर्दै आएका छन् ।

तर, थापानिकट नेता सुशिलकुमार श्रेष्ठले पार्टीको आन्तरिक लोकतन्त्र (महाधिवेशनमा) मा निर्मल निवासको हस्तक्षेपविरुद्ध पार्टी बोल्छ कि बोल्दैन ? भन्ने कुरा महत्वपूर्ण रहेको सुनाए । उनले राजसंस्था एकताको प्रतिक भएको सुनाए । देशको स्थायित्वको लागि संवैधानिक राजसंस्था हुनुपर्ने आफूहरुको भनाई रहेको सुनाए ।

उनले अहिले आफूहरुले राजसंस्थालाई काम हाल्दैनौं भनेर नभनेको पनि जिकिर गरे । उनले अहिले आफूहरु नयाँ दल खोल्ने मनशायमा नरहेको जिकिर गरे । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनको तयारीसमेत पूर्व अध्यक्ष थापाले गरिसकेकोले अब त्यो खाकाको पनि कार्यान्वयन थापाले नै गर्दा राम्रो हुने बताए ।

थापाले राप्रपा नफुटाउने भनेर घोषणा गरेपनि भित्रभित्र उनले आफ्नो तयारी भने गरिसकेका छन् । उनले नयाँ दल खोल्दा लिङ्देन नेतृत्वमा रहेका धेरै नेता तथा कार्यकर्ताहरु पनि थापासँगै जाने बुझिएको छ । पछिल्लो समय उनले आफूनिकट नेताहरुसँग पनि नयाँ दल खोल्नेबारे परामर्श गरिरहेको स्रोतको दाबी छ। file photo



प्रतिक्रिया दिनुहोस्