Logo

मधेश नाम पारित



जनकपुरधाम, ३ माघ । प्रदेश २ को नाम मधेश भएको छ । आज प्रदेश सभाको दुई तिहाईले उक्त नाम राख्ने प्रस्ताव पारित गरेको हो ।

९९ जना प्रदेश सभा सांसदमध्ये प्रस्तावको पक्षमा ८० जनाले मतदान गरेका थिए । जसमध्ये जसपाका ३९, माओवादीका ८, लोसपाका १६, संघीय समाजवादी पार्टीका १ र अन्य दलका १६ जनाले पक्षमा मतदान गरे ।

यसअघि राजधानी जनकपुर राख्ने पक्षमा पनि दुई तिहाई मत प्राप्त भएको थियो ।

प्रदेश २ को सरकार गठन भएको ४ वर्ष बितेपछि बल्ला नामाकारण भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot