Logo

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै



काठमाडौं, माघ ४ । स्थानीय तहको निर्वाचनसहितका विषयमा सत्ता गठबन्धनका दलहरूबीच साझा धारणा बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ ।

अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन मितिका साथै माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र त्यसको तयारीका विषयमा छलफल हुनेछ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगका साथै प्रमुख प्रतिपक्षी एमालेले समेत दबाब दिइरहेका बेला सत्ता गठबन्धनको साझा धारणा बनाउन आज बैठक बस्न लागेकोहो ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बालुवाटारमा भेट भएलगत्तै सरकार सञ्चालनका लागि सहयोग गर्न गठन गरिएको संयन्त्रको बैठक बोलाइएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot