Logo

अफगानिस्तानमा भुकम्प जाँदा २२ जनाको मृत्यु



एजेन्सी, ४ माघ । प्राकृतिक प्रकोप भुकम्पमा परि अफगानिस्तानमा ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको छ । अफगानिस्तानको पश्चिममा सोमबार गएको भुकम्पमा परि २२ जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ ।

एजेन्सीको अनुसार युएस जियोलोजिकल सोसाइटी (यूएसजीएस) का अनुसार, ४.९ र ५. ३ तीव्रताको दुई भुकम्पले उत्तर–पश्चिम प्रान्त बडघिस धेरै प्रभावित भएको छ । त्यहाँ घर र भवनहरु ढलेका थिए। एउटा भवनभित्र पाँचजनाको शव फेला परेको थियो ।

जहाँ ४ बालबालिका छन्। सोमाबार गएको भुकम्पमा परि ७ सय भन्दा धेरै घर भत्किएका छन्।

 



प्रतिक्रिया दिनुहोस्