Logo

उच्च र जिल्ला अदालतहरुमा गोलाप्रथा लागु ः न्यायाधीशहरु सकसमा, न्याय सम्पादनमा ढिलाई



काठमाडौं, ४ माघ । सर्वोच्च अदालतपछि मुलुकभरका उच्च र जिल्ला अदालतहरूमा गोला प्रक्रियाबाटै इजलास र मुद्दाका पेसी तोकिन थालेका छन् । तर, न्यायाधीशहरु भने गोलाप्रथाबाट पेशी तोक्नको लागि त्यति अभ्यस्त भएका छैनन् । अहिले पेशी तोक्ने सवाल र इजलासमा सुनुवाई गर्ने क्रमसम्म पुग्दा निकै समय घर्किन थालेको छ । यसले न्याय सम्पादनमा समेत असर परेको छ । अहिले जनताले न्याय पाउने सवाल पनि उठेको छ ।

सर्वोच्च अदातलतको पूर्ण बैठक (फुलकोर्ट) ले उच्च र जिल्ला अदालतहरूमा पनि गोला प्रक्रियाबाट पेशी तोक्ने गरी नियमिवली र निर्देशिका पास गरेपछि यो व्यवस्था लागू भएको थियो । यही माघ २ गतेदेखि जिल्ला र उच्च अदालतमा गोला प्रथा लागू भएको हो । तर, दुई दिन नबित्दै यसको प्रभावकारितालाई लिएर प्रश्न उठेको छ ।

नेपाल बारको आन्दोलनले आम जनता न्याय पाउने अधिकारबाट बञ्चित भैरहेका छन् । बारले राजनीतिक उद्देश्य राखेर आन्दोलन गरिराखेको प्रश्न उठ्न थालेको छ । तर, अझैपनि बारले सर्वोच्चको आँगनमा दैनिक धर्ना तथा विरोधका कार्यक्रम जारी राखेको छ । यसअघि बारको नेतृत्वले राजनीतिक दलका नेताहरुसँग गुहारेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्