Logo

प्रदेशको नाम ‘मधेस’ राखिएपछि जनकपुरमा प्रदर्शन



काठमाडौँ, ४ माघ। प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । आज (मंगलबार) जनकपुरधामको जानकी चोकमा प्रदर्शनकारीहरुले नामाकरणको विरोधमा प्रदर्शन गरेका हुन्। विरोधको क्रममा उनीहरुले प्रदेश सांसदहरुको पुतला दहन समेत गरेका छन्।

प्रदेशको नाम मिथिला-भोजपुरा नराखेर पहिचान र साँस्कृतिकमाथि प्रहार भएको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । यस्तै, पर्साको वीरगंजमा एक समूहले मधेश प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै पुतला दहन गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot