Logo

मन्त्री झाँक्रीप्रति गोकुल बाँस्कोटाको कडा टिप्पणी



काठमाडौं, ४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलक्षित कडा टिप्पणी गरेका छन् । उनले झाँक्रीलाई एक सच्चा देशभक्त परमादेशी मन्त्रीको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले मन्त्री झाँक्रीले कालपानी क्षेत्रबारे मन्त्रीले बोल्न मिल्दैन र अभियन्ताले मात्र बोल्न मिल्छ भनेको उल्लेख गर्दै यसमा आश्चर्य व्यक्त गरेका छन्।

उनले लेखेका छन्-“एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो – कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ।धन्य, हाम्रो अग्रगामी सरकार ! तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बांचेको छ।”



प्रतिक्रिया दिनुहोस्