Logo

‘ओलीभक्त’ पूर्वसांसद मिठ्ठाराम शर्माले मृगौला प्रत्यारोपण गर्न नपाएपछि…



काठमाडौं, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका छन् । उनलाई मृगौला दिन तयार धेरै निस्किए । सबैभन्दा उत्कृष्ट र म्याचिङ मिल्नेको लिए । रोचक पक्ष यो छ कि उनले दुवैपटक महिलाकै मृगौला लिए ।

नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता झलनाथ खनालले पनि मृगौला प्रत्यारोपण गरे । उनले केही महिना अघि भारतबाट मृगौला प्रत्यारोपण गरे । खनाल अहिले सक्रिय जीवनमा फर्किइसकेका छन् ।

ओली र खनालका लागि मृगौला दिन धेरैजना तयार भए । तर, एकजना कम्युनिस्ट नेता भने मृगौला प्रत्यारोपण गर्न नपाएर कठिन मोडमा छन् ।
उनी हुन् मिठ्ठाराम शर्मा बजगाईं । जसले फेसबुकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर प्राथमिकतामा राखेका छन् । उनी २०४८ सालमा एमालेका सांसद थिए । ललितपुर क्षेत्र नं १ बाट शर्मा निर्वाचित हुँदा चर्चामा आएका थिए । शर्माले पूर्वमन्त्री केशरबहादुर बिष्टलाई पराजित गरेका थिए ।

अहिले शर्मा नेपालमा मृगौला प्रत्यारोपण गर्न नपाएर कठिन मोडमा पुगेको नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिएका छन् । कानूनी जटिलताका कारण मीठ्ठारामले मृगौला फेर्न पाएका छैनन् । उनी विदेश गएर मृगौला फेर्नसक्ने आर्थिक अवस्थाका पनि छैनन् ।

शर्माले मृगौला प्रत्यारोपण गर्न चाहने कसैले पियर एक्सचेञ्ज गर्न चाहेमा एक समूहकालाई उनीसँग भएको स्वस्थ ए समूहको मृगौला दिई ओ समूहको मृगौला पाउने गरी पियर एक्सचेञ्ज गर्न भन्दै सूचना पनि सामाजिक सञ्जालमा लेखेका छन् । उनको ओ समूहको मृगौला हो । शर्माले सम्पर्कका लागि ९८४१४१३६७७ फोन नम्बर राखेका छन् ।

शर्मा २०४८ सालमा सांसद जितेपछि कुनैपनि पदमा जानबाट रोकिए । कुनैपनि निर्वाचनमा टिकट पाएनन् । उनको राजनीतिक जीवनमा अवरोध आयो । शर्मा राजनीतिमा निरन्तर लागे तर अवसरबाट वञ्चित भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot