Logo

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध



चितवन, माघ ७। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो ।

पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot