Logo

एक मन्त्रीले राजनीतिक दलका नेतालाई अर्को ‘गौर नरसंहार’​ गराएर हत्या गर्ने खुला धम्की दिनु आपत्तिजनक र बर्बरतापूर्ण छ: प्रदीप ज्ञवाली



काठमाडौँ, ७ माघ। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको गम्भीर अभिव्यक्तिमा प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण भएको बताएका छन् । उनले सामाजिक संजालमार्फत प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण भएको बताएका हुन्।

ट्वीटरमा उनले लेखेका छन्, ‘एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ‘गौर नरसंहार’​ गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक र बर्बरतापूर्ण छ, यति गम्भीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै विडम्बनापूर्ण छ। अपराधलाई दुरुत्साहन गर्ने सबै गतिविधि बन्द होस् ।’ मन्त्री यादवले बुधवार रौतहटको गौरमा आयोजित कार्यक्रममा हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी थिइन् । उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई हत्या गर्ने धम्की दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot