काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्ने बताएका छन् । यसको लागि संवाद र सहमति थालिएको पनि उनले स्पष्ट पारे ।
आफ्नो कार्यकाल ६ महिना पुगेको अवसरमा आज (शुक्रबार) राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने विश्वास दिलाए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सिर्जना भैरहेको छ ।
https://www.facebook.com/RishiDhamalaOfficial/videos/510091933753391