
काठमाडौँ, ८ माघ । आज नेपालमा कोरोना भाइरसका १० हजार २५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४ हजार ७ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ७ सय ८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २० हजार २ सय ८३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार १ सय ८७ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo