Logo

आहा रारा गोल्डकपः पुलिसलाई हराउँदै मनाङ सेमिफाइनल प्रवेश



काठमाडौं, ९ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलमा मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको ६४औं मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए।

यस्तै, ८७औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङलाई २–० को जित दिलाए ।

अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार भने उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot