Logo

मंसिरयता कुनैपनि चुनाव नहुने



काठमाडौं, ९ माघ । सत्ता गठबन्धनका मुख्य घटकहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले चुनावलाई रणनीतिक रुपमा पछि धकेल्न खोजेका छन् । प्रचण्डले वैशाखमा प्रतिनिधि सभाको चुनावको प्रस्ताव गरेर रणनीतिक चार्तुयता देखाएका छन् ।

एकैपटक प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय चुनाव गर्ने प्रचण्डको भित्री रणनीतिहरु उजगार हुँदै गएको छ । स्थानीय चुनाव पहिले गरेर प्रतिनिधि सभा पछि गर्ने पक्षमा प्रचण्ड छैनन् । यस्तो अवस्थामा गठबन्धनभित्र मतभेदको अवस्था बन्न सक्छ ।

चुनावबारे आज गठबन्धनले कानून व्यवसायीसँग छलफल गरेको छ । छलफलमा स्थानीय चुनावसम्बन्धी कानून संशोधनको सुझाव आएको र त्यस अनुसार अगाडि बढ्ने संकेतहरु गरिएको छ । स्थानीय चुनावको तेस्रो चरणमा सम्पन्न भएको मितिलाई समेत जोडेर हिसाब गर्ने र कम्तिमा मंसिरयता चुनाव नगर्ने गरी गठबन्धन बढेका छन् ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वर्ष तीन तहको चुनाव गर्ने बताएका छन् । उनले त्यसका लागि तयार हुन भनेका छन् । तर, कुनैपनि चुनाव मंसिरयता नगर्ने प्रचण्ड र माधवकुमार नेपालको चाहनालाई नाघेर बढ्न देउवा पनि तयार छैनन् । यसकारण चुनाव मंसिर या अर्को फागुनमा हुनसक्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot