Logo

टेकु अस्पतालमा आजदेखि पुनः खोप लगाउन सुरु



काठमाडौं, माघ ११ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्तादेखि स्थगन रहेको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सुरु भएको छ ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरु कोरोना सङ्क्रमित भएपछि जनशक्ति अभावमा सोमबारदेखि खोप अभियान स्थगन रहेको थियो ।

अहिले बाहिरबाट कर्मचारी ल्याएर खोप अभियान पुनः सुरु गरिएको अस्पतालले जनाएको छ । अहिले बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot