Logo

डब्ल्युएचओको दावी- विश्वमा हरेक १२ सेकेण्डमा एक जनाले कोरोनाका कारण ज्यान गुमाएको छ



एजेन्सी, ११ माघ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमणको गति तीव रुपमा फैलिएको जनाएको छ । डब्लूएचओका अनुसार पछिल्लो हप्ताको तथ्यांक हेर्ने हो भने पनि विश्वमा हरेक तीन सेकेण्डमा एक सय जना कोरोना संक्रमित हुने गरेको र हरेक १२ सेकेण्डमा एक जनाले ज्यान गुमाउने गरेका छन् ।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले ‘ओमिक्रोन’लाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताउँदै हरेक सेकेण्डमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु हुने गरेको बताएका हुन् ।

राष्ट्रसंघको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा उनले महामारीबाट बच्न विभिन्न उपाय अपनाए यो वर्षको अन्तिमसम्ममा महामारी अन्त्य हुन सक्ने विश्वास व्यक्त गरे । उनले भविष्यमा यस्तो हालत रोक्नका लागि अहिलेको महामारीबाट पाठ सिक्न र नयाँ समाधान खोज्न जरुरी रहेको पनि बताए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot