Logo

पुरुषभन्दा महिलाको जनसंख्या ६ लाख बढी



काठमाडौं, १२ माघ । नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या बढी देखिएको छ । कुल २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनसंख्यामा महिला ५१.०४ प्रतिशत रहेको तथ्यांक विभागले जनाएको छ ।

आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै विभागले महिलाको कुल जनसंख्या १ करोड ४९ लाख ११ सय ६९ रहेको जानकारी दिएको छ । पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको उल्लेख छ । महिलाको भन्दा पुरुषको जनसंख्या ६ लाख ९ हजार ८ सय ५८ ले कम रहेको तथ्यांक छ ।

२०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । अहिले जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ बढेको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot