Logo

भारतमा पुनः बढ्दै संक्रमणदर, थप २ लाख ८५ हजार संक्रमित



काठमाडौं, १२ माघ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या मंगलबारको तुलनामा बुधबार बृद्धि भएको छ । बुधबार थप २ लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

मङ्गलबार भने थप २ लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित थपिएका थिए । कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भएका छन। २ लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएको केन्द्रीय मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको संख्या २२ लाख २३ हजार १८ रहेको छ। मंगलबार २२ लाख ३६ हजार ८४२ रहेको थियो।



प्रतिक्रिया दिनुहोस्