काठमाडौं, माघ १५ । पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । अहिले बिहान ९ बजेदेखि बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने जनाईएको छ ।
निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा यसअघिका बैठक निर्णयमा पुग्न सकेनन् । शुक्रबार प्रधानमन्त्री देउवासहित गठबन्धनका तीन शीर्ष नेताबीचको छलफलपछि आज पुनः बैठक बस्ने तय भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेता सहभागी हुनेछन् ।