काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता राजिव ढुंगानाले आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा एक्लै लड्ने र कसैसँग पनि तालमेल वा गठबन्धन गर्ने स्पष्ट पारेका छन् । उनले आफ्नो पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कहिल्यैपनि निर्वाचनमा नजाने कुरा नगरेको जिकिर गरेका छन् ।
उनले प्रधानमन्त्री देउवाले सधैं चुनावको पक्षमा आफूलाई उभ्याएको सुनाए । उनले निर्वाचन आयोग भनेको संवैधानिक अंग रहेकोले सरकारसँग समन्वय गरेरमात्रै अघि बढ्नुपर्नेमा जोड दिए । तर, आयोगले निर्वाचनको विषयलाई लिएर जथाभावी विज्ञप्ती निकालेको भनेर आलोचना गरे ।
उनले आयोगका पदाधिकारीहरुको भूमिकालाई लिएर कडा आलोचना गरे । उनले कसैबाट निर्देशित भएर वा बहकावमा लागेर सरकारलाई नै चूनौति दिनेगरि आयोगले विज्ञप्ती निकाल्नु गलत भएको दाबी गरे ।