Logo

टोयोटाले चन्द्रमामा गाडी पठाउने



एजेन्सी, १६ माघ। जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी गरेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको जनाइएको हो ।

सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका लागि तयारी गर्न आफ्नो कम्पनीले गाडी पठाउने तयारी थालेको टोयोटाका अधिकारीले बताएका एपीको खबरमा उल्लेख छ । जापान एरो-स्पेस एक्सप्लोरेसन एजेन्सीसँग मिलेर विकास गरिरहेको गाडीको नाम ‘लुनार क्रुजर’ रहेको जनाइएको छ । अहिले टोयोटाको ल्यान्ड क्रुजर एसयूभी विश्व प्रख्यात छ ।

बाहिरी अन्तरिक्षमा पनि गाडीमै मानिसहरुले खान, काम गर्न, सुत्न र सञ्चार गर्न सकिने अवधारणामा आधारित भएर लुनार क्रुजरको विकास गरिरहेको र सम्भवतः एक दशकमा यो तयार हुने परियोजनाको नेतृत्व गरिरहेका ताकाओ सातोलाई उदृत गर्दै एपीले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्